बिएल संवाददाता
लाेकसभा चुनावकाे हलचलबीच भारतकाे उत्तरी क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेकाे छ।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी)काअनुसार नयाँ दिल्लीकाे मुङ्गेशपुरमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे थियाे। जुन भारतीय भूमिमा अहिलेसम्मकै उच्च तापक्रम हाे।
अत्यधिक तापक्रम र ताताे हावाबाट पर्न सक्ने जनस्वास्थ्यलाई मध्यनजर गर्दै उत्तरी र पश्चिमी भारतका केही स्थानहरुमा रेड अलर्ट जारी गरिएकाे छ। रेड अलर्टकाे अर्थ गर्मीबाट पर्न सक्ने स्वास्थ्य समस्याकाे जाेखिम हाे।
गर्मीका कारण बिरामी परेर केही व्यक्तिहरुकाे मृत्युसमेत भनेकाे बिबिसीले जनाएकाे छ। भने, विद्यालयमा बालबालिका बेहोस हुन थालेका छन्।
दिल्लीका चिकित्सक चन्द्रकान्त लहरियाले गर्मीका कारण आज-भोलि चिकित्सकीय परामर्श लिनेको संख्या बढेको बताएका छन्।
डाक्टर चन्द्रकान्त लहरियाले बिबिसीसँग भने, ‘मेडिकल क्लिनिकमा आउने बिरामीकाे संख्या बढेकाे छ।’
उनकाअनुसार वृद्धवृद्धा बढी स्वास्थ्य समस्या देखिएकाे छ। गर्मीका कारण उनीहरुकाे स्वस्थ्यमा नराम्राे असर परेकाे छ। भाैतिक निर्माणस्थलमा गर्मीकाे प्रभाव उच्च रहेकाे छ।
त्यस्तै गर्मीका कारण राजधानी दिल्लीमा पानीको समस्यासमेत देखिएको छ।
नेपालस्थित जनरल फिजिसियन डा. नारायण बस्नेतका अनुसार ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनु अत्यधिक गर्मी हाे। अत्यधिक गर्मीका कारण मानिसकाे ज्वराे आउने, बान्ता हुने, रिङ्गटा लाग्ने, हिट स्ट्राेक हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन्।
गर्मीकाे प्रभाव बालबालिका र मुटु, किड्नी तथा श्वासप्रश्वाससम्बन्धी राेग भएका जेष्ठ नागरिकहरुमा बढी हुने गर्छ।
गर्मीबाट जाेगिन चाेसाे ठाउँमा बस्ने, झाेलिलाे पदार्थ पिउने, चिल्लाे बढी भएकाे खाना नखाने, सकेसम्म घरबाहिर गएर गर्नु पर्ने काम कम गर्ने, खेत-बारीमालगायत खुल्ला क्षेत्रमा काम गर्नु परेमा छाते-टाेपीलगाउने, पातलाे कपडा लगाउने, छाता ओड्ने गर्नुपर्छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया