बिएल संवाददाता
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले २४औं सत्याग्रह थालेपछि वर्तमान शिक्षा तथा खेलकुमन्त्री सस्मित पोखरेलको पुरानो स्टाटस भाइरल भएको छ।
३ जुलाई २०१८ मा सस्मित पोखरेलले अनसनरत केसीको पक्षमा लेखेको स्टाटस यतिबेला भाइरल भएको हो। डा. केसी सडकमा हुँदा पोखरेल उनकै साथमा थिए। तर अहिले बाटो फेरिएको छ।
सडकमा हुँदा केसीको पक्षमा लेखेको स्टाटस अहिले आफू सत्तामा पुग्दा मन्त्री पोखरेलका लागि गलपासो बनेको छ।
पोखरेलले केसीको समर्थनमा लेखेका थिए, ‘म छाती फुलाएर भन्छु, डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु। जनताको साथले नै जित्ने हो यो लडाइँ। चाहे जे सुकै होस् अन्यमा सत्यकै जित हुन्छ। #IAmWithDrKC #mafiaVsKC.’
डा. केसी जनताहरूको मौलिक हक अधिकारको लागि माफियाविरुद्ध लडेर जनताकै निम्ति अनसन बसेको दाबी गर्थे सस्मित।
सस्मितले भनेका थिए, ‘माफियाहरू विरुद्धको लडाईं सहज हुदैन। सरकारलाई च्यापेर बसेका हुन्छन्।’ तर, यतिबेला उनी आफैं सत्तामा छन्। डा. केसीको पक्षमा अब के गर्छन् त्यो भने हेर्न बाँकी छ।
डा. केसीले बिहीबार दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा २४औं सत्याग्रहमा सुरु गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया