 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                सल्यानको शारदा नगरपालिका जिल्लाकै केन्द्रबिन्दु हो। यस नगरपालिकामा सदरमुकामसमेत रहेको छ। सबै प्रशासनिक निकाय रहेको शारदा नगरपालिकाको राजनीति गतिविधिले समग्र जिल्लाको अवस्थालाई देखाउने गर्दछ।
आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा शारदा नगरपालिकाले कस्तो नेतृत्व पाउला भन्ने कौतुहलता सबैमा जागिरहेको छ। नगरपालिकाको नेतृत्व कसले पाउने भन्ने विषयले राजनीतिक वृत्तमा बहसहरू सृजना भइरहेको छ।
हाल सुरेश अधिकारीको नेतृत्वमा शारदा नगरपालिका चलिरहेको छ। ०७४ मा अधिकारी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार खड्कीलाई ८७० मतले हराउँदै विजयी भएका थिए।
खड्कीले ३ हजार ३ सय ४४ मत पाएका थिए। यस्तै ०७४ को निर्वाचनमा अधिकारीसँग प्रतिस्पर्धामा उत्रिएका माओवादी केन्द्रका प्रमोद श्रेष्ठले २ हजार ५२७ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज प्रधानले २ हजार ४०० मत ल्याएका थिए।
आउने वैशाख ३० को स्थानीय तहको निर्वाचनमा पनि हाल मेयर रहेका अधिकारीको दोहोरिन सक्ने राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। उनी नेपाली काँगेस क्षेत्र नं २ (ख) सल्यानका सभापतिसमेत हुन्।
अधिकारीले फेरि मेयर पदमै प्रतिप्रर्धा गर्ने ईच्छा पनि व्यक्त गरिरहेका छन्। ‘पार्टीले फेरि विश्वास गरेर टिकट दिएमा म मेयरको आकांक्षी हो,’ उनले बिएल नेपाली सेवासँग भने। राजनीतिक वृत्तमा यदि गठबन्धन भएन भने कांग्रेसबाट उनैले नै टिकट पाउने निश्चित जस्तै भएको चर्चा हुने गरेको छ।
यस्तै एमालेबाट मेयरको आकांक्षीको रूपमा मनोज प्रधान रहेका छन्। उनी केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका थिए।अघिल्लो ०७४ को निर्वाचनमा सबैभन्दा कम मत ल्याएका प्रधान नै एमालेबाट मेयरको उम्मेदवार बन्ने बताइन्छ।
नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले सारदा नगरपालिकाको मेयरको आकांक्षीहरू अरू पनि रहेको भन्दै बलियो दाबेदारका रूपमा प्रधान पनि रहेको बताए।
उनले भने, ‘अरू पनि मेयरको उम्मेदवार बन्ने आकांक्षी छन्। प्रधान पनि एक बलियो दाबेदार हुन्।’ अध्यक्ष पुनले आफूहरू एक्लै निर्वाचनमा जाने र गठबन्धन भएपनि जित निकाल्ने दाबी गरे। प्रधान एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन्।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट मेयरका आकांक्षीहरूमध्ये रमेश गौतम एक हुन्। जो कार्णाली प्रदेश सदस्यसमेत हुन्।
उनले मेयरमा उम्मेदवारी दिने गरी लविङहरू गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ। नेकपा एसका सल्यान जिल्ला अध्यक्ष हरि केसीले मेयरका आकांक्षीहरू धेरै रहेको भन्दै गौतम एक आकांक्षी मात्र रहेको बताए।
अध्यक्ष केसीले आफ्नो पार्टी गठबन्धनविना पनि सल्यानमा धेरै ठाउँमा जित निकाल्न सक्ने बताए। तर केद्रको निर्णयअनुसार जिल्लामा पनि गठबन्धन हुनसक्ने उनको भनाई छ। गठबन्धन भएमा कसको पक्षमा के भाग पर्ने हो सोहीअनुसार शारदाको मेयर आउने केसी बताउँछन्। सल्यान जिल्ला कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वालाको जिल्ला पनि हो।
यस्तै माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा पराजित भएका प्रमोद श्रेष्ठको नाम मेयरको उम्मेदवार बन्ने चर्चामा छ। अन्य पनि मेयरको उम्मेदवारका रूपमा आकांक्षी देखिए पनि श्रेष्ठको नाम मेयर बन्नेमा बढी चर्चामा छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया