आइतबार, २८ जुन २०२६

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा प्रस्तुत

News Image
• • •

सरकारले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेको हुन्छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र मार्केट म्यानुपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए।

उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल सुधारको आवश्यकता रहेको बताए।

संसद्को अधिवेशन नचलेको अवस्थामा जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको छ।

नेपालको संविधानको धारा ११४ को उपधारा २ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ‘ग’ बमोजिम अध्यादेशलाई प्रतिस्थापन गर्न निश्चित समयावधिभित्रै विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यो विधेयक प्रस्तुत गरिएको अर्थमन्त्रीले संसदमा जानकारी गराए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!