डिल्ली खतिवडा भन्छन्– ‘उद्यमी व्यवसायीको हितका लागि मलाई पछि हट्ने छुट छैन’

डिल्ली खतिवडाको सक्रियता मुलतः दुईवटा क्षेत्रमा छ। सामाजिक संघ संस्था र व्यवसायमा जोडिएका उनी आफ्नो भुमिकालाई कसरी रचनात्मक बनाउने भन्नेमै तल्लिन छन्। तीन वर्षअघि उर्लाबारी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा जित हात पार्दा उनमा जुनप्रकारको उत्साह थियो, त्यो आजपर्यन्त कायम छ।

एउटा सदस्यले संस्थामा रहेर उधुमै गर्न सक्ने अवस्था नभएपनि आफुले जेजति गरे त्यसैमा सन्तुष्ट हुन सकेको उनी बताउछन्। ब्राह्मणको दाने गाईजस्ता चारतिर फर्किएका पदाधिकारी र सहकर्मीसंगपनि सेतु बनेर कार्यसम्पादन गर्न सकेको भन्दै उनले प्रशन्नता व्यक्त गरे। भन्छन्– ‘टिम नमिल्दापनि कति कामहरु अलपत्र बने, अब केहि परिस्कृत भएर अघि बढने हो।’

पूर्वी मोरङको उर्लाबारीमा निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघको यहि भदौ ३१ गते नयाँ नेतृत्व छनोटका लागि चुनावी साधारणसभा हुँदैछ। अब उनको भुमिका फेरिएको छ, सदस्यबाट उद्योग सचिवको पदमा उडान भर्ने तरखरमा रहेका उनै डिल्ली खतिवडा सो पदका बलिया उम्मेद्वारपनि हुन्।

कृषि उद्यमी उनी उर्लाबारी–४ किसान चौकस्थित खतिवडा सुनचाँदी पसलका संचालकसमेत हुन्। आफूलाई व्यवसायी भन्दापनि उद्योगी–व्यवसायीको सेवक भन्न रुचाउने खतिवडा अब व्यापारीका समस्याबाट भाग्ने छुट आफुलाई नभएको बताउछन्। ‘जुन अभियानमा एकपटक आफुलाई होमिसके अब निष्कृय हुने कुरै छैन’ उनले आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्दै भने।

भाषणमा भन्दा बढी काममा विश्वास गर्नुपर्नेमा उनको जोड छ। भन्छन्– आफु उम्मेद्वार बन्दै गर्दा र नेतृत्वमा रहँदा डेलिभरि दिन सकिएन भने पदमा रहनु र नरहनुको कुनै अर्थ छैन। उनका अनुसार संस्थाभित्र केही न केही विकृति छन्। वाणिज्य संघ विशुद्ध व्यावसायिक संस्था हो। यो राजनीति गर्ने र गुटबन्दी गर्ने ठाउँ होइन।

अबको वाणिज्य संघ पुरानै ढर्रामा नचल्ने भन्दै प्रगतिशिल प्यानलका यि उम्दा उम्मेद्वारले यसरी बाचा कसे– ‘हामी सबल र सशक्त टीम बनेर आएका छौं। संघको गरिमालाई घट्न नदिने गरी काम गर्नेछौं। भोलिको दिनमा हाम्रो टीमले काम गर्न पाएको अवस्थामा महासंघ छवि साँच्चै सुधार भयो भनेर देखिनेछ।’ र, अन्त्यमा आफ्नो अमुल्य मत दिइ आफुलाई विजयी गराउनु हुन उद्योग उपाध्यक्ष पदका उम्मेद्वार खतिवडाले उर्लाबारी उवासंघ आबद्ध ब्यापारी, उद्योगीहरुलाई हार्दिक अपिल पनि गरे।

प्रकाशित मिति: : 2021-09-06 18:51:00

प्रतिकृया दिनुहोस्