टी- २० सिरिज:

सोमपाल कामी बने ‘प्लेयर अफ द सिरिज’

सोमपाल कामी अमेरिकाविरुद्धको टी- २० सिरिजको प्लेयर ‘प्लेयर अफ द सिरिज’ बनेका छन्। ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी- २० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए। सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिँदै नेपालको जितको आधार तयार गरेका थिए।

त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए। तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन्।

तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिन स्विप गरेको छ।

प्रकाशित मिति: : 2024-10-21 09:28:00

प्रतिकृया दिनुहोस्