पूर्वरानी कोमललाई प्लाज्मा चढाइयो, अवस्था सुधारोन्मुख

File photo
File photo

कोरोना संक्रमणबाट जुधिरहेकी पूर्वरानी कोमल शाहलाई बिहिबार साँझ ६ बजे प्लाज्मा चढाइएको छ।

कोरोना संक्रमणका कारण यसै साता काठमाडौंको नर्भिक अस्पताल भर्ना भएकी कोमलको स्वास्थ्य अवस्था केही बिग्रिएको थियो। 

उनी पूर्वराजा ज्ञानेन्द्र शाहसँगै अस्पताल भर्ना भएकी थिइन। उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो। श्वासमा केही समस्या देखिएपछि पूर्वरानीको अक्सिजन लेवल पनि बढाइको थियो। तर, अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको दरबार श्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 

‘त्यस्तो डराउनुपर्ने अवस्था छैन। उहाँलाई पहिले पनि धेरै किसिमको रोग भएका कारण श्वासप्रश्वासमा केही समस्या आएको हो,’ दरबार श्रोतले भन्यो, ‘पहिले अक्सिजन लेवल बढाइएको थियो। साँझ ६ बजे प्लाज्मा दिइएको छ।’

पूर्वराजा र पूर्वरानीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्लाज्माको असर ४८ घण्टामा थाहा हुन्छ। पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्यतर्फ अगाडि बढेको छ।



पूर्वरानीलाई कोमल नर्भिक अस्पतालको आईसियूमा

पूर्व राजपरिवार दम्पतीको स्वास्थ्य लाभको कामना गर्दै गढिमाईमा पूजा



क्वारेन्टाइनको विकल्प छैन!

हामी कोरोना भाइरसलाई जित्नेछौं !

उग्र–राष्ट्रवादको खहरेले श्रीलंकाको एमसीसी बगायो, नेपालको बचाउन सकिएला?

प्रकाशित मिति: : 2021-04-30 10:30:00

प्रतिकृया दिनुहोस्