रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ।
आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा गरूडा नगरपालिका-२ गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी छन्। चन्द्रपुर नगरपालिका-४ स्थित सो सडकखण्डमा हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए। बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको डीएसपी राईले पुष्टि गरेका छन्।
उनका अनुसार सवारी साधन र कार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई नियन्त्रणमा लिइएको छ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।