
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
कमल विक
– सानु भण्डारी र केशवप्रसाद दुलालमार्फत् टेकनाथ रिजाललाई घरमै बोलाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको।
– सानु भण्डारीबाट आफूले नगद १ करोड ६० लाख बुझेकाे र छोरा सन्दीप रायमाझीलाई चेकमार्फत ४० लाख बुझ्न लगाएको।
– सानु भण्डारीको डायरीमा ‘टोपबहादुर रायमाझीलाई पैसा दिएको’ भनि लेखेको।
माथिका प्रमुख तीन आधारहरु जसले नेकपा (एमाले)का निलम्बित सचिव तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकार अर्थात् मुख्य नाइके प्रमाणित गर्छन्।
यसै प्रकरणमा २० वैशाखमा पक्राउ पुर्जी जारी भएपछि भाग्दा भाग्दै गत वैशाख ३१ गते काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुर यतिबेला प्रहरी हिरासता छन्। उनी लगायत १६ जनासँग बयान लिएर प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ।
प्रहरीले रायमाझीसँग गत जेठ १ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो। बयानमा टोपबहादुरले आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नरहेको दाबी गरेका थिए। उनले बयानमा गरेको दाबी कानुनी प्रक्रिया छल्ने र सतही देखिन्छ। रायमाझीको बयान छोरा सन्दीपलाई पक्राउ गरेर हत्कडी लगाएकाले मन बिग्रिएको र आफू भागेको जस्तो हास्यास्पद छ।
यति मात्रै होइन, रायमाझीले बयानका क्रममा भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउनेसम्मको कुरा मात्र थाहा भएको बताएका छन्। उनले अन्य कुनै प्रक्रिया नै थाहा नभएको जस्तो बयान दिएको भए पनि नेपालीहरुको नक्कली भुटानी शरणार्थी कार्ड बनाउनेसम्मको चलखेलमा रायमाझीको संलग्नता देखिन्छ।
उनको परिचयपत्र बनाउनेमासमेत संलग्नता देखिएको भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानले पुष्टि गर्छ। रिजालले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘टोपबहादुर रायमाझीको यस कार्यको सुरुवातमा योजनाकारको रुपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छ। सानु भण्डारी र केशवप्रसाद दुलालले सहिछाप गर्न भनेपछि मैले पनि केही नक्कली परिचय पत्रमा सहिछाप गरेको छु।’
त्यसैगरी रायमाझीले यस प्रकरणमा पक्राउ परेका सन्देश शर्मा, सानु भण्डारी, केशवप्रसाद दुलालसँग ललितपुरको बखुण्डोलस्थित टंक गुरुङको रेष्टुरेन्टमा बारम्बार बैठक बसेर नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यबारे छलफल गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।
आफ्ना भाइलाई कोरोना संक्रमण भई हेलिकप्टरबाट काठमाडौँ ल्याएको दिन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसँग नेपालीलाई नक्कली बनाएर अमेरिका पठाउने योजनाबारे होटेल सांग्रीलामा बैठक बसेको र पीडितका आफन्तलाई अमेरिका पठाइदिने ग्यारेन्टी गरेको कुरालाई पनि प्रहरीले अर्काे प्रमाणका रुपमा अनुसन्धान प्रतिवेदनमा प्रस्तुत गरेको छ।
त्यसैगरी सानु भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीलाई दुई करोड पैसा दिएको प्रमाणलाई पनि प्रहरीले मुख्य आधारका रुपमा प्रस्तुत गरेको छ। ‘टोपबहादुर रायमाझीलाई मैले मिति २०७६/०३/२८ गते उहाँको घर जिल्ला ललितपुर सातदोबाटोमा रहेको सेल्सबेरी सुपर मार्केट पछाडि रहेको घरमा गई १ करोड ६० हजार दिएको र अन्य बाँकी रकम छोरा सन्दीप रायमाझीले भुक्तानी पाउने गरी चेक काँटिदिएको हुँ,’ सानु भण्डारीको बयानमा भनेका छन्।
त्यस्तै २०७७ पुस १६ गते गृह मन्त्रालयमा इन्द्रजित राई, सानु भण्डारी र केशव दुलालबीच लेनदेनको विषयमा विवाद हुँदा आफैंले मिलाइदिएको भनी टोपबहादुरले स्वीकारेको कुरालाई पनि प्रहरीले अर्काे प्रमाणको रुपमा प्रस्तुत गरेको छ। टोपबहादुर रायमाझीले आफू काम विशेषले गृह मन्त्रालयमा गएकाे बेला तीन जनाबीचको सो विवाद मिलाइदिएको बयानका क्रममा स्वीकार गरेका छन्।
त्यस्तै प्रहरीले सानु भण्डारीको घरबाट बरामद गरेको डायरीमा टोपबहादुरलाई नगद रकम दिएको भनि राखिएको अभिलेखलाई पनि प्रमुख आधार बनाएको छ।
यसरी टोपबहादुर रायमाझीले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरेर अपराधको योजनाकारको रुपमा अन्य व्यक्तिहरुलाई पनि परिचालन गर्ने, आफूसमेत परिचालित भई संगठित ठगी एवम् राज्यविरुद्धकाे अपराधमा नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
जिल्ला सरकारी वकिलको कार्यालयले टोपबहादुर रायमाझीलगायत ३० जनाविरुद्ध काठमाडौँ अदालतमा मुद्दा गर्दा गरिसकेकाे छ। सरकारी वकिलको कार्यालयले ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको छ। प्रमुख योजनाकारको रुपमा देखिएका टोपबहादुर रायमाझीलाई यी सबै अभियोगमा सजाय हुने देखिन्छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया