प्रचण्डको ‘टाउको’मा तीन टाका

Break n Links
Break n Links

आफ्नै निवासको वाथरुममा चिप्लिएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा तीन वटा टाँका लगाउनु परेको छ। 

मंगलबार राति उनी वाथरुममा चिप्लिएका थिए। त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छोरी गंगा दाहालले जानकारी दिइन्। 
उनको निधार र टाउकोमा चोट लागेको थियो। 

‘गएराति बाथरुममा  चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु’ गंगाले भनेकी छन् ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’ 

प्रकाशित मिति: : 2025-05-07 08:34:00

प्रतिकृया दिनुहोस्