स्थानीय तह निर्वाचन

ईश्वरपुर नगरपालिकाकाे मेयरमा एमालेबाट चन्द्र भुषणकाे दाबी

Breaknlinks
Breaknlinks

नेकपा एमालेका लोकप्रिय युवा नेता चन्द्र भुषण साह अहिले चुनाव लड्न तयार भएका छन्। सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ।

यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा ऐतिहासिक भूमिका निर्वाह गरिसकेका छन्। आईटी आर्मीको केन्द्रीय अध्यक्षसमेत रहेका साहले राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाएका छन्।

नेपालमा नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागि महत्वपूर्ण लडाई लड्ने आफू देशको एक जिम्मेवार सिपाही/पहरेदार रहेको बताउने साहले विगत लामो समयदेखि अनवरत रुपमा युवा-विद्यार्थी, महिला, मजदूर, किसान, दलितलगायतका पीडित-उत्पीडित वर्ग/समुदायको हक अधिकारका लागि सशक्त रुपमा आवाज बुलन्द गर्दै आइरहेको कारणले गर्दा आम जनतामा साहको अलग किसिमको लोभलाग्दो क्रेज रहेको देख्न सकिन्छ।


स्थानीय तहको निर्वाचनबारे के भन्छन् युवा ?


सर्लाहीको ईश्वरपुर नगरपालिका-२, राईटरखोर निवासी साह सांसदको निर्वाचन लड्ने मनस्थितिमा रहेको भएतापनि आम नगरवासी, पार्टीका नेता-कार्यकर्ता, साथीभाईबाट आएको दबाव एवं अनुरोध र सल्लाह-सुझावका कारण यसपटक नगर प्रमुख (मेयर) पदका लागि उनी उम्मेदवार बन्न तयार भएका हुन्।

'पारदर्शी एवं जनउतरदायी सरकार! सुशासन एवं समुन्नतिको मुल आधार!' संगसगैं 'बदलाव र विकासको मुल आधार! कुशल नेतृत्व एवं मजबूत सरकार!' जस्ता आफ्नो प्रमुख नाराहरुलाई व्यवहारतः आम जनताले देख्न, बुझ्न र महशूस गर्न सक्ने ढंगबाट लागू गरी 'समृद्ध ईश्वरपुर नगर र सुखी ईश्वरपुर नगरवासी' निर्माणमार्फत ईश्वरपुर पहिलोको मजबूत आधार तयार पार्ने अर्जुन दृष्टि र दृढ संकल्पका साथ उनी चुनावी मैदानमा आइरहेकोले उनको कोहीसंग टक्करको प्रतिस्पर्धा नै नरहेको स्रोतको दाबी छ।

स्थानीयहरुले उनलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको बताइन्छ। स्थानीय जनताको हरेक सुखदुखमा उनी जहिले पनि उभिरहेका हुन्छन्। उनी जनताद्वारा निर्वाचित कुनै जिम्मेवारीमा नपुग्दै त्यहाँका अन्य जनप्रतिनिधिहरुभन्दा बढी काम गरेको स्थानीयहरु बताउँछन्। जसले गर्दा उनले आफ्नो नगर क्षेत्रमा मजबूत पकड बन्नाउनुको साथसाथै जनतामाझ एउटा आशा एवं भरोसा योग्य युवा नेताको रुपमा स्थापित भएको पाइन्छ।


२२ वर्षीया सुवेक्षा भन्छिन्– माओवादीलाई जसरी पनि जिताउनुपर्छ


स्थानीय जनताका बीच उनी चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन्। उनले मुख्यतः आफ्नो विशेष प्रयास एवं पहलकदमीमा ईश्वरपुर नगरलाई सहरी विकास मन्त्रालयबाट 'नयाँ सहर' कार्यक्रमको रुपमा अगाडि बढाउनुको साथसाथै शिक्षा, सडक, सिंचाई, तटबन्ध, खानेपानीलगायतका विभिन्न भौतिक संरचना निर्माण जस्ता महत्वपूर्ण क्षेत्रहरुमा उल्लेख्य कार्यहरु गराउँदै जनतामाझ लोकप्रियता कमाएका हुन्।

यसबारे उनी भन्छन्, ‘मेरो मुल चाहना सांसद बनेर देशमा कुशलतापूर्वक जनमुखि एवं प्रभावकारी राज्य व्यवस्था, प्रणाली, ऐन, कानून, नियम, निती, योजना तथा कार्यक्रमहरुको तर्जुमा/निर्माणमार्फत मुलुक र समाजलाई सही मार्गदर्शन एवं नेतृत्व प्रदान गरी देश र जनताको सेवा गर्नु नै हो। र यसरी पनि आफ्नो अग्रज तथा युवा साथी-भाईहरुको विशेष सल्लाह-सुझाव एवं साथ-सहयोग बलमा प्रत्यक्ष रुपमा मेयर बनेर यहाँका हरेक जनताले सिधा ढंगले अनुभव/अनुभूति गर्न सक्ने गरी जिम्मेवारी एवं दायित्व वहन गर्नु भनेको पनि देश र जनताको सेवा गर्नु नै हो। त्यसैले, यहाँका न्यायप्रेमी जनता, पार्टीका अग्रज नेता-कार्यकर्ता एवं शुभेच्छु-शुभचिन्तकहरुको आदेशको पालना नै गर्न नसक्ने त्यस्तो कुनै ठोस एवं ठुलाे कारण छैन। म सकरात्मक छु। यहाँबाट मलाई जनसमर्थन पनि प्राप्त छ। जसले गर्दा पार्टीले पनि मेरो नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गरी ईश्वरपुर नगर र आमनगरवासी जनतको सेवा गर्न मलाई सर्वसहमत रुपमा टिकट दिन्छ, भन्ने विश्वास छ।'


जाँदाजाँदै के भन्छन् स्थानीय सरकारका प्रमुख–उपप्रमुख ?


प्राप्त जनसमर्थनबाट हौसिएर अब जनताको सेवा गर्नका लागि प्रत्यक्ष रुपमा चुनावबाट जितेर त्यहाँका हरेक समस्या समाधान गर्न लागिपर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘पार्टी नेतृत्व र जनताले मलाई सेवा गर्ने मौका दिए भने मेरो गृह नगर र आफ्नो सम्पूर्ण नगरवासी जनतालाई खुशी-सुखी, समृद्ध एवं विकासित बनाउने क्षमता एवं दृढ इच्छाशक्ति संगसगैं स्पष्ट खाका (मार्ग चित्र) पनि मसंग छ, जसले गर्दा मबाट कोही-कसैलाई पनि कदापि निराश हुनुपर्ने स्थितिको सृजना हुने छैन।'

प्रकाशित मिति: : 2022-04-08 14:10:00

प्रतिकृया दिनुहोस्