
ईश्वरी राई (इशु)
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै गाउँ–गाउँमा चुनावी चहलपहल सुरु भइसकेको छ। मुख्य राजनीतिक दलहरूले आउँदो भुइँतहको निर्वाचनलाई ध्यानमा राखेर अभियान चलाइरहेका छन्।
गाउँ तथा नगरमा उम्मेदवार बन्न नेताहरूबीच तछाडमछाड छ। उम्मेदवारबिनै युवा बोकेर आकांक्षीहरू भोट माग्न बस्ती–बस्ती छिरिरहेका छन्।
अघिल्लो निर्वाचनको तुलनामा यसपालि कैयौं युवाहरू उम्मेदवार बन्न आतुर छन्। उनीहरूले चुनावी मैदान तथा सामाजिक सञ्जालबाट प्रचार–प्रसारलाई तीव्रता दिन थालेका छन्। भलै युवा परिचालनका सकारात्मक पाटाहरू पनि छन्।
दिगो विकास र समृद्धिको काम गर्ने एकमात्र पार्टी माओवादी रहेको उनी बताउँछिन्। ‘माओवादीले जित्यो भने जनताको लागि राम्रो हुन्छ। विकासका कामहरू अघि बढ्छन्,’ उनी भन्छिन्, ‘त्यसैले मेरो समर्थन माओवादीलाई छ।’
स्थानीय पार्टीका नेताहरूले गाउँ–टोलमा युवा दस्ता परिचालन गर्ने प्रचलन सामान्य जस्तै बनेको छ। खासगरी दलहरूले युवाहरूलाई परिचालन गरेर माहोल आ–आफ्नो पक्षमा पार्ने प्रयत्न गर्छन्।
आकांक्षीसँगै चुनावका लागि मतदाताहरू पनि उत्साहित छन्। ठाउँ–ठाउँमा स्थानीय निर्वाचनको माहोल तातिरहेका बेला के भन्छन् युवा–
सिन्धुपाल्चोककाे पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेणीकी २२ वर्षीया सुवेक्षा श्रेष्ठ भाेट हाल्न गाउँ जाने तयारीमा छिन्।
उनी स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्न तिपेणी गाउँ जान लागेकी हुन्। पहिलोपटक भोट हाल्न लागेकी निकै उत्साहित छिन्।
नेकपा (माओवादी केन्द्र) लाई मतदान गरेर संघीय तथा स्थानीय चुनाव जिताउन सुवेक्षा आतुर छिन्। माओवादीको योगदानले देशमा तीव्र विकास भइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘पालिका र वडामा माओवादी केन्द्रलाई जसरी पनि जिताउनुपर्छ। किनकि संघीयताको जन्मदाता भनेकै माओवादी हो।’
दिगो विकास र समृद्धिको काम गर्ने एकमात्र पार्टी माओवादी रहेको उनी बताउँछिन्। ‘माओवादीले जित्यो भने जनताको लागि राम्रो हुन्छ। विकासका कामहरू अघि बढ्छन्,’ उनी भन्छिन्, ‘त्यसैले मेरो समर्थन माओवादीलाई छ।’
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया