सोमबार, ०५ अक्टोबर २०२६

सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, चोलेन्द्र पक्राउको सूचना चुहाएको आरोप

News Image
• • •

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ।

दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेपछि सरकारले उनलाई पदबाट निलम्बन गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन्।

गृहमन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउको सूचना चुहाएको आरोपमा राणालाई निलम्बन गरिएको हो। राणाका नातेदार हुन्।

चोलेन्द्र पक्राउ परेलगत्तै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका दाहालले नै सूचना चुहाएको सशस्त्रको आन्तरिक छानबिनमा पुष्टि भएको हलचोक स्रोतले बतायो।

त्यसपछि उनलाई निलम्बनका लागि सशस्त्र हेडक्वार्टरले मन्त्रालयमा सिफारिस गरेको थियो। मन्त्रालयले दाहाललाई निलम्बन गरेको पत्र सशस्त्र हेडक्वार्टर पठाइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!