बिएल संवाददाता
नेपाली कांग्रेसको सभापतिमा दिग्गज नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन्।
जारी महाधिवेशनमा खुलामञ्चमा रहेको मिडिया सेन्टरबाट सोमबार साँझ खड्कीले उम्मेदवारी घोषणा गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ६ बाट एक नम्बरमा महाधिवेशन प्रतिनिधि चुनिएका खड्गी उपत्यकाका प्रभावशाली नेता मानिन्छन्। उनी तारकेश्वर–२ निवासी हुन्।
उम्मेदवारी घोषणाका क्रममा उनले आफू ४० वर्षदेखि नेविसंघको राजनीति सुरु गरेर अनवरत रुपमा नेपाली कांग्रेसको कार्यकर्ता रहेको, देशमा लोकतन्त्र स्थापना हुनुपर्ने र विधिको शासन लागू गर्नुपर्ने विषयमा लागिरहेकोले कांग्रेस हाँक्न आफू सक्षम रहेको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूलाई ‘विवेकको मत’ प्रयोग गरी आफूलाई विजयी गराउन उनले आग्रह गरेका छन्।
गगन थापाले सर्वसम्मत सभापति बन्न दौडधुप गरिरहेका बेला खड्गीको उम्मेदवारी घोषणाले खुलामञ्चमा राजनीतिक तरंग पैदा गरेको छ।
रोचक कुरा के छ भने– खड्गी गगन थापाका स्कुले गुरु हुन्। गगन थापा सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा खड्गी सोही स्कुलमा शिक्षक थिए।
कांग्रेसको सभापतिमा गुरु–चेलाको रोचक भिडन्त हुने भएपछि चासोका साथ हेरिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया