चीनले भन्यो, ‘पाकिस्तानमाथि भारतको आक्रमण दु:खद्’

भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई चीनले दु:खद भनेको छ। सबै प्रकारका आतंकवादलाई सधैं विरोध गर्दै आएको भन्दै चीनले शान्त र संयम रहन पनि भारत र पाकिस्तानलाई अपिल गरेको छ। 

एक विज्ञप्ती जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले भारत र पाकिस्तान दुबै चीनका असल छिमेकी रहेको भन्दै परिस्थितिलाई अझ जटिल बनाउने काम नगर्न पनि भनेको छ। 

‘भारतको सैन्य कारबाहीलाई चीनले दु:खद ठानेको छ। हामी यो अवस्थाप्रति निकै चिन्तित छौं। भारत र चीन एकअर्का छिमेकी हुन् र सधैं रहनेछन्। यी दुबै चीनका पनि छिमेकी हुन्’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ‘चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ। हामी दुवै पक्षलाई शान्ति र स्थिरताको बृहत् हितमा काम गर्न, शान्त रहन, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरू नगर्न आग्रह गर्दछौं।’ 

प्रकाशित मिति: : 2025-05-07 10:32:00

प्रतिकृया दिनुहोस्