पूर्व राजपरिवार दम्पतीको शिघ्र स्वास्थ्यको लागि गढिमाईमा पूजा अर्चना गरिएको छ। बिहीबार बाराको गढिमाइ मन्दिरमा राजा सर्मथकहरुले कोरोनाबाट शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
वैदिक मन्त्रद्वारा गढिमाई मन्दिरको मुल पुजारी मंगल चौधरीले राजाको सुस्वास्थ्यको लागि माता गढिमाईमा पूजा गरेका थिए। करिब एक घण्टासम्म चलेको विशेष पूजामा राजा सर्मथकहरु गढिमाईमा पूजा अर्चना, होम र आरती समेत गरेका थिए।
पूर्व राजपरिवारको स्वास्थ्यको लाभको लागि विश्व प्रसिद्ध गढिमाई मन्दिरमा पुजा गर्न आएको राजा सर्मथक शिवजि शाहले जानकारी गराएका छन्। कोरोनालाई छिटै परास्त गरी पुन: जनताको सेवामा फर्किने मातासँग कामना गरेको शाह बताउँछन्।
वैशाख ५ गते भारत भ्रमण सकाएर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र छोरी प्रेरणा शाहमा कोरोना पोजेटिभ देखिएको थियो। कोरोना संक्रमित भएपछि निजहरुको उपचार काठमाडाैँको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ।
पूर्वराजा शाहको अवस्था अहिले सामान्य हुँदै गएको राजा सर्मथक शिवजि ब्रिजकिशोर साहले जानकारी गराएका छन्। पूर्वरानीको श्वासप्रवासमा अलि समस्या देखिएकोले उनको उपचारको लागि आईसियुमा राखिएको सर्मथक साहले जानकारी गराए।
पूर्वरानीमा अक्सिजनको कमी दखिएकोले उनलाई अक्सिजन प्रदान गरिरहेको उनले बताए। राजपरिवारको सिघ्र स्वास्थ्यको लागि विशेष पूजा गरिएको थियो।
भारत भ्रमणमा रहेका बेला पूर्वराजा उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलाम शाही स्नान गरेका थिए। दिल्लीमा विशिष्ट व्यक्तित्वसँग भेटघाट योग गुरु रामदेव बाबासँग योगबारे छलफल समेत गरेका थिए।
शिवजी साह, अयोध्या प्रसाद साहलगायत राजा सर्मथकहरुको सहभागिता रहेको थियो।