विनायक कार्की
म पनि निगोरो नै त हुँ,
चिसा साँघुरामा कठ्याङ्ग्रिदै हुर्किरहेका हामी बिच कति नै असमानता छ र?
कठोर समयका पैतालाले दुवैका निधार टेकेकै छन्,
सिसा सरि तोडिएकै छन् रङ्गीन जीवनका कल्पनाहरु।
निहुरेका शिरले उत्तिकै लज्जा छिपाएका छन्,
घुँग्रिएका घाँटिमा अव्यक्त भावना उत्तिएकै गाढिएका छन्,
वेविचारी र चञ्चलताले ध्वजासरि फरफराइरहेका छन्,
अनि खोसिएका रहरका तरङ्गले थरथराईरहेका छन्,
जीवनरुपी तलाउका जादुमय स्वरुप।
आखिर म र निगुरोबिच कति नै फरक छ र?
कलिलो छउञ्जेल सबैले चुँड्न आत्तुरिने,
निमोठ्ने अनि उखेलिदिने।
तर एक पटक उखेलिएर कलेटी
परेका मेरा ओठका भावना बुझ्न को नै पो फर्की आउला र?
त्यसरि नै जसरि
एक पटक चुँडेर लगेको निगुरोको बोट सुम्सुम्याउन
को नै पो फर्की आउँछ र?
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया