सुधार केन्द्रमा शारीरिक यातना !

Break n Links
Break n Links

रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ।

कबिर चौकदेखि पश्चिमपट्टि  रहेको यो सुधार केन्द्रमा अमानवी तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो।

सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ।

गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन्।

अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए। 

सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उदघाटन गरेका थिए। त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ। 

जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए।

घटना भए–नभएको बुझेपछी मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन्।

आफूले पनि सामाजिक सन्जालमा नै देखेकाले वास्तविकता के हो अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2025-05-05 11:21:00

प्रतिकृया दिनुहोस्