बिशाल बिहानी
हत्या हिंसा बलात्कार कति सहनु
सहि सक्यौं हिजै तिमिले जति सहनु।
कुल्चिदेउ कुसंस्कार समाउ समानता
हुँदै हुन्न अब पनि नारी ज्यादती सहनु।
२)
गर्ने रैछौं दिलको ब्यापार वाह तिम्रो खेल।
बनाई नयाँ प्रेमी लगातार वाह तिम्रो खेल।
यता पनि ठिक्क भयौं उता पनि ठिक्क,
एक तिरले दुई शिकार वाह तिम्रो खेल।
३)
लाग्यो मुटुमा प्यारको तिर हेरिरँहु लाग्छ।
छुट्टिन्छ कि लाग्छ मनमा पिर हेरिरहुँ लाग्छ।
दिनरात आउँछ याद कैले भेटौ भाछ मनमा।
आँखैमा राखी उनको तस्वीर हेरिरँहु लाग्छ।
४)
आफै भए जस्तो गरि पराइ खुशी देख्नु थियो।
मुस्कानै ले गरिदिए बिदाई खुशी देख्नु थियो।
सोची हौली हाँसीहाँसी अर्कैको हात थमाइयो।
मैले त बस् मात्र तिमिलाइ खुशी देख्नु थियो।
५)
निर्दयी र स्वार्थी सबैको बिरानो बन्न सकियोस् ।
भोकाएकाको भाँडा भर्ने मानो बन्न सकियोस् ।
दु:ख पर्दा सम्झिँन लायक र आशा पनि बन्दै,
आफू रूझेर पनि अरुको छानो बन्न सकियोस्।
विशाल बिहानी
रावाबेशि गाउँपालिका-१ खोटाङ
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया