धनुषामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

संक्रेतिक तस्वीर

धनुषामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाव संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा आज आइतबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । 

मधुमेहका रोगी रहेका पुरुषको सुगर लेभल हाई रहेको र अक्सिजनको लेवल कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार बिहान ८ बजेतिर मृत्यु भएको थियो ।

प्रकाशित मिति: : 2020-08-16 18:06:11

प्रतिकृया दिनुहोस्