०७५ चैत ३ मा तीन अभियन्ताले नेपालकाे पश्चिमी भू-भाग चाँदनी दोधारा)बाट सुरु गरेकाे पदयात्रा ५५ लाख ७७ हजार ६ सय पाइला चालेर ५४ दिनमा पूर्वी नेपालकाे मेचीनगर पुगेर टुङ्गिन्छ। यस यात्रामा तीन अभियन्ताहरुकाे १ हजार ३ सय २८ किलाेमिटर दूरी पार गर्दा १ हजार १७ जनासँग प्रत्यक्ष भेट हुन्छ।
त्याे लामाे पदयात्रा जातीय विभेदविरुद्धकाे एउटा आन्दाेलन थियाे। त्याे आन्दाेलनमा पाइला चालिरहेकी थिइन्, रिता परियार। त्याे उनकाे जन्मेदेखि भाेग्दै आएकाे जातीय विभेदविरुद्धकाे विद्राेह थियाे।
गाेरखास्थित गाेरखकाली मन्दिरकाे खाेँचमा जन्मिएकी रिताले पनि मन्दिरदेखि कक्षा काेठाबाटै आफूमाथि भइरहेकाे जातीय विभेद महसुस गर्न थालेकी थिइन्।
घरदेखि तल करिब आधा घण्टाकाे यात्रापछि पुग्न सकिने दूरीमा पानी पँधेराे थियाे। रिता हरेक दिन पानी लिन त्यही पुग्थिन्। त्याे पानी पँधेराेमा जातीय विभेदकाे महसुस गर्न सकिन्थ्याे। रिता (दलित)हरु पानी लिन पँधेरा पुग्दा कथित माथिल्लाे जातका मानिसहरु तर्किन्थे। केही गरी छाेइन पुगियाे भने पूरै पानी खन्याउनु पर्थ्याे। रिताबाट छाेइँदा कयाैँपटक भरिएका गाग्रीहरु खन्याइए।
घाेप्टिएकाे गाग्री भरिन थप समय लाग्ने, यही पानी पँधेरामा जातीय विभेदका कारण रिताका पाइलाहरु समयमै घर पुग्न सक्दैन थिए। समयमै घर पुग्न नसकेका रिताका पाइलाहरु विद्यालयतिर लम्किने कुरै भएन।
विद्यालय प्राङ्गणबाहिर जातका कारण हुने अमानवीय व्यवहारबाट खल्बलिएकाे रिताकाे मन विद्यालय र मन्दिरमा झनै तरङ्गित हुन्थ्याे। रितालाई सरस्वती पूजाकाे कहिलै नआइदिए हुन्थ्याे भन्ने लाग्थ्याे। किनकि, विद्यालयमा त्याे दिन सरस्वतीकाे पूजा हुन्थ्याे रितालगायत दलित समुदायका विद्यार्थीहरुकाे अपमान।
मन्दिर प्रवेशकाे कुरा त झन कल्पना बाहिरकाे भयाे। सात आठ वर्षकाे उमेरतिर नुहाएर पूजाकाे थाली बाेकी अरु साथीहरुसँग मन्दिरकाे ढाेकामा पुगेकी रितालाई ‘तिमीले पूजा गर्न मिल्दैन’ भनेर फर्काइयाे। रिता आँखाभरि आँसु लिएर घर फर्किइन्।
रिताकाे मनमा दुखद भावनाका तरङ्गहरु सल्बलाए,- यदि यो देउताले मलाई माया गरेनन् भने मैले तिनलाई किन मान्ने?
त्याे बेलादेखि पूजा गर्नका लागि भनेर कहिले पनि मन्दिरकाे ढाेकामा पुगिनन्, रिता।
०००
एसएलसी उत्तीर्णपछि गाउँकाे विद्यालयमा पढाइरहेकी रितालाई लण्डन (बेलायत) जाने अवसर जुर्याे।
रिता फरक भूगाेलमा पुगिन्। फरक मानिससँग संगत गरिन्। रिताका लागि लण्डन सबैभन्दा ठुलाे टुँडिखेल बन्याे। उनी त्यहाँ निर्धक्कसँग चाहेकाे काम गर्न सक्थिन्। अन्य देशका मानिसहरुले उनलाई सामान्य व्यवहार गर्थे। तर, नेपालबाट गएकाहरु भने विभेद गर्न छाड्दैन थिए। रिता कथित दलित भएकै कारण लण्डनमा समेत काेठाबाट निकालिन पर्याे।
उनलाई नेपालबाट गएका घरबेटीले ‘हाम्रा पाहुना आउँदैन छन्, काेठमा नपुग्ला जस्ताे छ तिमी अन्तै सर्नुपर्ने भयाे’ भनेका थिए।
तर, त्याे उनीमाथि गरिएकाे जातीय विभेद थियाे, जुन उनले पछि थाहा पाएकी थिइन्। ‘मलाई पछि थाहा भयो उहाँहरुले अरुसँग भन्नु हुन्थ्यो रे, ए उहाँ त दमिनी पो हुनुहुँदो रहेछ, राम्री देखेर बाहुनीजस्तो लागेर राखेको बबार्द भयो’, उनी सुनाउँछिन्।
रितालाई लाग्छ, नेपालीहरु जहाँ पुगे पनि सुडकेसमा जात व्यवस्था बाेकेर गइरहेका छन्।
उनी स्वदेश फर्किइन्। दशकपछि स्वदेश फर्किँदा देशकाे भाैतिक स्वरुपमा धेरै परिवर्तन आएका थियाे। तर, समाजमा मानिसहरुकाे चेतनास्तर र व्यवहार उस्तै-उस्तै। उनले फेरि गाउँमा विभेद महसुस गरिन्।
छिमेकीकाे बिहे भाेजमा कथित दलितमाथि गरिएकाे व्यवहार उनलाई चित्त बुझेन। त्याे बिहे भाेजमा दलित र कथित माथिल्लाे जातका मानिसहरुका लागि छुट्टाछुट्टै खाने व्यवस्था मिलाइएकाे थियाे। तर, रिताले माथिल्लाे जात भनिएकाहरुले पकाएकाे खाना आफूले पनि निकालेर खान पाउनुपर्छ भनेर आवाज उठाइन्।
सबैले चुपका चुप भने पनि रिता राेकिने कुरा थिएन। किनभने, उनले बाल्यकालमा पाे विभेद विभेद हाे जस्ताे लाग्दैन थियाे र सहन्थिइन्। तर, अब उनले धेरै कुरा बुझेकी थिइन्। एउटा मानिसले अर्काे मानिसमाथि गरेकाे अमानवीय व्यवहार कसरी सहन सकिन्थ्याे र?
०००
आमालाई साथमा लिएर काठमाडाैँ आइन्। काठमाडाैँमा भेटघाट र बाेलचाल त सबैसँग हुन्थ्याे तर कथित माथिल्लाे जातका मानिसहरुले कहीँ न कहीँ विभेदजन्य व्यवहार देखाइहाल्थे। सामान्य चिया पसल हाेस् या पाँचतारे हाेटल जातीय विभेदकाे अवशेष नभेटिने कुनै ठाउँ थिएन।
संविधान कार्यान्वयनमा आएकाे छ। जातीय विभेदविरुद्ध कानुनहरु बनेका छन्। देशलाई जातीय विभेद तथा छुवाछुतमुक्त घाेषणा गरिएकाे छ तर पनि मानिसकाे व्यवहार र चेतनास्तर उस्तै। उनी कयाैँरात आफ्नै मनलाई जात व्यवस्थाका अनेकाैँ प्रश्नहरु साेधेर तरङ्गित बनाउँथिन्। भेटिने सबैसँग सवाल जवाफ गर्थिन्। तर, सबैमा बाेलीमा स्पष्टता थियाे, व्यवहार उस्तै धुमिल।
उनले प्रश्नहरुकाे जवाफ खाेज्न र कथित दलित समुदायकाे अवस्था बुझ्न देश चाहार्ने निधाे गरिन्।
०७५ चैत ३ मा उनीहरुले कन्चनपुरकाे चाँदनी दाेधाराबाट पूर्वी नेपालकाे झापाकाे मेचीनगरसम्म पुग्ने र त्यसबीच(महेन्द्र राजमार्ग र त्यस आसपासका क्षेत्र)मा पर्ने दलित बस्ती र त्यससँग सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरेर दलित समुदायकाे अवस्था बुझ्ने याेजनासहित यात्रा सुरु गर्छन्।
चाँदनी दाेधारादेखि मेचीनगरकाे १ हजार ३ सय २८ किलाेमिटर दूरीकाे यात्रामा उनीहरुले १०४ पालिकाका जनप्रतिनिधिहरुसहित १ हजार १७ जनासँग कुराकानी गर्छन्। उनीहरुका पीडा सुन्छन् र आफ्ना कुरा सुनाउँछन्।
भर्खर बेलायतबाट नेपाल फर्किएकी उनलाई सुरुमा त याे यात्रा पूरा गर्छु जस्ताे लागेकाे थिएन। ‘जहाँसम्म जति सकिन्छ, त्यति गराैँला नि त’ भनेर हिँडेकी रितालाई यात्रामा भेटिएका घटना र पात्रहरुले बुझ्नमा थप प्रेरित गरिरहे।
उनले यात्राकै क्रममा आफ्नाे कपाल केटाहरुकाे जस्ताे बनाएर कटिन्। उनले त्याे कपाल क्यान्सर पीडितलाई प्रदान गरिन्।
त्यसबाहेक यात्राका क्रममा शारीरिकरुपमा पनि केही कठिनाइहरु भाेगिन्। एउटा संकल्पसहित सुरु गरेकाे यात्रामा भएका शारीरिक पीडा आफैँसँग रहने नै भए। यद्यपि, उनले त्यस यात्रामा पूरै दलित समुदायलाई नै दुखाउने पीडाहरु पनि सहनु पर्याे। ‘त्याे यात्रामा दुखद चाहिँ के थियाे भने,- याे पूरै ५४ दिनकाे यात्रामा हामीलाई बास दिन काेही पनि गैरदलित समुदाय तयार भएनन्’, उनी सुनाउँछिन्।
यात्रापछि...
उमेर समूहअनुसार जातीय विभेदकाे अवस्था :
यसरी जातीय विभेद विरासतकाे रुपमा पुस्तान्तरण भइरहेकाे रिता बताउँछिन्। ‘यति हुँदा मानिसहरुलाई जातीय विभेद अन्त्य भएकाे जस्ताे लाग्ला तर मलाई त्यस्ताे लाग्दैन। याे बाट थाहा हुन्छ कि जातीय विभेद विरासतका रुपमा पुस्तान्तरण भइरहेकाे छ,’ रिता विश्लेषण गर्छिन्।
उनी अगाडि थप्छिन्, ‘याे बाउ-आमाकाे सम्पत्ति पाउन गाह्राे छ तर जात व्यवस्था टक्क दिमागमा लिएर पुस्ताैँ पुस्ता जानु भएकाे छ।’
जातीय विभेदकाे यही अवस्था अन्त्यका लागि रिताले राज्यलाई घच्घचाइरहेकी छन्। जातीय विभेदविरुद्ध आवाज बुलन्द गर्न देशका विभिन्न गाउँहरुमा पुग्छिन्। मानिसलाई सचेत गराउँछिन्। र, सिंहदरबारका दैलाेहरुमा पुगेर राज्यलाई खबरदारी गरिरहेकी छन्।
भिडियाे :