सुनिता लामा
विगत एक्काईस वर्षदेखि सौन्दर्यको क्षेत्रमा एउटा छुट्टै पहिचान र आयामका साथ अघि बढिरहेको जुम ब्युटी एकेडेमीले अनलाइनमार्फत प्रशिक्षणको फाराम भर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति कार्यक्रम अघि सारेको छ।
जुमले आफ्नो बाह्र वटै शाखाहरूमा बेसिक ब्यूटी कोर्समा भर्ना हुन चाहने प्रशिक्षार्थीहरूमध्ये दस जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हाे।
एकेडेमीका वाणिज्य दूत नायिका केकी अधिकारीले फाराम भरेका प्रशिक्षार्थीहरूमध्ये गोलाप्रथाद्वारा दस जनालाई उक्त छात्रवृत्तिको घोषणा गरेकी थिइन्।
साे कार्यक्रममा अधिकारिले जुम ब्यूटी एकेडेमीले महिलाहरूलाई सीपका साथै आर्थिक रुपमा पनि सबल र सक्षम बनाई रहेको भन्दै अहिले सौन्दर्य केबल बाहिरी आवरणमा मात्र सीमित नभएकाे बताइन्। उनका अनुसार मनको शुद्धता र सभ्यता पनि सौन्दर्य भित्रकै एक प्रमुख पाटो हाे।
काठमाडौं उपत्यकाका बाह्र वटा शाखाहरूबाट सेवा सुविधा र प्रशिक्षण प्रदान गरिरहेको जुमले करिब २०,००० पर्ने बेसिक ब्यूटी कोर्समा अस्मिता राई, जुनु आले मगर, एलिजा प्रजापती, शिल्पा देवान, रन्जु अधिकारी, निस्ता मगर, स्वीकृति मगर, कृस्टिना बसेल, कृत्यान्जली, निकिता श्रेष्ठ लागायत दस जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया