गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण गर्दा गण्डकीमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा कास्कीका ३, तनहुँ, बागलुङका २/२, गोरखा, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का १/१ जना रहेका छन् ।
निर्देशनालयका अनुसार कोरोना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।