अनुभूति :

माओवादी बाधा छिचोल्दै रोल्पामा एमालेको सङ्गठन बनाउन खटिँदा

Breaknlinks
Breaknlinks

नेकपा एमाले जिल्ला कमिटी राेल्पा संगठन निर्माणमा केन्द्रित भएकाे छ। यसै अन्तर्गत माडी गाउँ कमिटीले चलाएको चारदिने अभियान पनि सम्पन्न गरिएको छ।

अभियानमा हिँड्दै गर्दा लाग्याे– अब नेकपा एमाले त्यो पुरानो एमाले होइन। विकसित एमाले हो जाे माडी गाउँपालिकामा पार्टी निर्माणमा जुटिसकेकाे छ।

माडी गाउँपालिकाका ६ वटै वडामा नेता–कार्यकर्ताको उपस्थितिले उत्साह थपेकाे छ। विपक्ष पार्टीहरू खासगरी माओवादीकेन्द्रको निदहराम भइसकेको र हारको मानसिकताले अत्तालिएको प्रष्टै हुन्छ।

मेरो माओवादी केन्द्रप्रति कुनै आरोप हैन। यो उनीहरूको व्यवहारले देखाएको स्पष्ट चित्र हो। माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ता विभिन्न प्रलोभन देखाउँदै एमालेकाे अभियान कमजाेर बनाउने प्रयासमा लागे पनि विफल भए।

गाउँपालिकामार्फत् गाउँ–समाजमा योजनाहरू पारिदिने, उपभाेक्ता समितिमा पदाधिकारी बनाइदिने जस्ता प्रलोभन देखाउँदै सोझासादा जनताको भावनामाथि खेलेकाे पनि सुनियाे। अझ् अचम्म त नागरिकता नै मागेर राखिदिएकाेसम्म सुनियाे।

माडी गाउँपालिकामा माओवादीभित्र राजनीति बुझ्ने युवा सिर्जनशीलता भएका साथीहरू पनि छन्। जोसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो छ तर त्यहीभित्रकाे एक अराजक समूहले बेला–बेला एमालेप्रेमीकाे घरमै आइ तर्साउने कुचेष्टासमेत गर्‍यो।

गाउँ–घरमा परिचालित एमाले माडीका नेता–कार्यकर्तालाई धम्काइरहेका छ्न्। घेराबन्दी गरेर कार्यक्रममा आउन नदिनेसम्मकाे कार्य गरियाे। यस्ताे आपत्तिजन कू–कर्म ताकिरहेका ती साथीहरूलाई अनुरोध छ– तपाईंहरू राजनीतिज्ञ हो भने स्वच्छ, साेच परिवर्तन हाेस्।

कुनै समय माओवादी आन्दाेलन हाकिरहेका क्रान्तिकारी र विचारकहरू अहिले एमाले राेल्काेकाे नेतृत्वमा रहेकाे पनि स्मरण हाेस्। अवसरवादीहरूकाे विचारबिहीन माओवादीले विचारै–विचारकाे पहाड अर्थात् एमालेमाथि कतिकतै कू–दृष्टि लगाउँनै सक्दैन।

एमाले माडीका साथीहरू कसैले धम्की दिएपनि डराउनु हुँदैन। उनीहरू कुनै चन्द्रमाबाट आएका हाेइनन्। समुन्द्रदेखि आएका होइनन्। निकुन्जबाट आएका शेर हैन्न। यही समाजमा बस्ने मान्छे हुन्। तर उनीहरू अराजक छन्। नसुध्रि साध्यै छैन। पक्का बदलिने छन्। किनकि हामीहरू विचार र मतमा विस्वास गर्छाै। 

विचार आस्था राखेकै भरमा बुट–बजार्ने काम, बोल्दा मुख बन्द गर्ने काम स्थानीय सरकारकाे आडमा बिल्कुलै नहाेस्। फरक विचार राख्नेलाई माया गर्नुस्, आदार गर्नुस्, सम्मान गर्नुस् र जनता जनताकाे जीवनस्तरसँग जाेडिनुहाेस्। अन्तमाः एमाले नै बन्नुहाेस्, नसके एमाले जस्तै बन्नुहाेस्।

– अमृत खड्का, राेल्पा

प्रकाशित मिति: : 2021-09-24 17:21:00

प्रतिकृया दिनुहोस्