संसारभर

साताका उत्कृष्ट पन्ध्र तस्बिरहरू

यस साता संसार हल्लने गरी कुनै घटना नभएतापनि केही स–साना रोचक कुराहरू चर्चामा रहे, जुन विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले तस्बिरमा कैद गरेका छन्। 

प्रस्तुत छ, संसारभरका गतिविधि देखाउने यस साताका उत्कृष्ट १५ तस्बिरहरू–


१.बेलायतको लन्डनस्थित लिडेनहल मार्केटमा प्यानकेक दौडमा प्रतिस्पर्धा गर्दै एक प्रतियोगी

२.न्यूयोर्क फेसन वीक अन्तर्गत मर्सिडीज-बेन्ज म्यानहट्टनमा शोको क्रममा रोमियो हन्टे फल/विन्टर २०२४ संग्रहबाट पोशाक प्रदर्शन गर्दै एक मोडल

३.वार्षिक कार्निवल युद्धमा सुन्तलासँगको युद्धमा एक प्रतियोगीलाई सुन्तला प्रहार गर्दै अन्य प्रतियोगीहरु इटालीको इभ्रियामा

४. स्विट्जरल्याण्डको सुलेन्स नजिकैको मैदानमा चारा खोज्दै सारसहरू

५. जर्मन संघीय संसदको आंशिक रूपमा पुन: सञ्चालन हुने चुनावको लागि मतदान गर्दै एक मतदाता जर्मनीको बर्लिनमा

६. खाद्यान्न आपूर्तिको अभावको बिचमा परोपकारी व्यक्तिहरूले प्रदान गरेको निःशुल्क खाना प्राप्त गर्न पर्खिरहेका प्यालेस्टिनी बालबालिकाहरू दक्षिणी गाजा पट्टीको रफाहमा।

 ७. ब्राजिलको रियो दि जेनेरियोमा रहेको साम्बाड्रोममा कार्निभल परेडको रातको समयमा भिला इसाबेल साम्बा स्कूलका एक जना रिभलर आफ्नो कौशल प्रदर्शन गर्दै

 ८. आफ्नो फ्रन्टलाइन ड्यूटीबाट छोटो ब्रेकको समयमा एक युक्रेनी सैनिक युक्रेनको क्रामाटोर्स्कको रेल स्टेसनमा भ्यालेन्टाइन डेमा भेट्न आएकी आफ्नी पत्नीसँग बिदा हुने समयमा।

 ९. भ्यालेन्टाइन डेमा डिजाइनर अन्या हिन्डमार्चद्वारा स्थापना गरिएको 'चब्बी हार्ट्स' नामक विशाल इन्फ्लेटेबल मुटु आकारको बेलुनलाई हेर्दै आगन्तुकहररू हंगकंगमा।

१०. बेल्जियमको वालोनिया क्षेत्रका दम्पती टिफनी पियरे र ग्रेगरी गुइओट आफ्नो कुकुर टालिया र 80 किलोग्रामको जंगली बँदेलसँग घुम्न जाँदै

११. थाइल्याण्डको बैंककस्थित चाइनाटाउनमा लुनार (चन्द्र) नयाँ वर्षको पूर्वसन्ध्यामा गल्लीमा उभिएर खाना खाँदै

१२. मेक्सिको र संयुक्त राज्य अमेरिकाबीचको प्राथमिक सीमा बारमा पर्खाल चढेर अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दै गरेको व्यक्तिलाई रोक्ने प्रयास गर्दै मेक्सिकन नेश्नल गार्डका सदस्य टिउनिजिया मेक्सिकोमा

१३. भ्यालेन्टाइन डेको समयमा प्रस्तुत गरिएको उज्यालो सजावटबाट गुज्रिरहेका सर्वसाधारणहरू अल्बानियाको तिरानामा

१४. ओल्ड दोहा पोर्ट, दोहा, कतारमा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा महिला २० मिटरको सेमिफाइनलअघि डेनमार्ककी एन्निका बोर्नेबुच अभ्यास गर्दै

१५. एडरले स्ट्रीट फ्लावर मार्केटमा भ्यालेन्टाइन डेको लागि बिक्रि गर्न राखिएको गुलाबको फुलसँग फोटोको लागि पोज दिँदै एक बिक्रेता केप टाउन, दक्षिण अफ्रिकामा

प्रकाशित मिति: : 2024-02-17 13:05:00

प्रतिकृया दिनुहोस्