बिएल संवाददाता
मंगलबार राति सकिएको एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किन रोक लगाउने निर्णय गरेपछि एमालेमा तरंग पैदा भएको छ।
अध्यक्ष केपी ओलीको विकल्पमा उत्रिन लागेकी उनलाई ओलीपक्षले पार्टीमै रोक लगाएपछि भण्डारीले बुधबार बिहान आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरेकी छन्।
नेताहरूसँगको भेटवार्तामा भण्डारीले आफूसँग ‘ब्याकअप प्लान’ भएको दाबी गर्दै केही दिनभित्रै बोल्ने बताएकी विद्यासँग भेटवार्तामा सहभागी एक नेताले बताए।
बुधबार बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताइन्।
त्यसअघि आज महासचिव शंकर पोखरेलले आयोजना गर्न लागेको पत्रकार सम्मेलन हर्ने र त्यसपछि आफ्ना केही जरुरी कामहरू पूरा गरेर एमालेमा फर्किने निर्णयबारे बोल्ने बताएकी छन्।
‘हामीले दुःखले बनाएको पार्टी हो एमाले। एउटा मात्र नेता छैनन् त्यहाँ। व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने छैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘म के ब्याकअप प्यानबिना बसेकी होउँला? मेरो केही काम पूरा हुन दिनुस्, मसँग स्पष्ट प्लान छ। पछि हट्ने कुरै छैन। अब होमिएपछि होमिएँ होमिएँ।’
त्यसो त भण्डारीले मंगलबार केन्द्रीय कमिटीले आफूलाई रोक्ने संकेत थाहा पाएपछि केही पत्रकारहरूलाई आफ्नै निवासमा बोलाएर आफूलाई माझ किरातकी छोरी बताउँदै कुनै हालतमा ब्याक नहुने स्पष्ट गरेकी थिइन्।
मंगलबार पार्टीको केन्द्रीय कमिटीले पारित गरेको निर्णयलाई आगामी भदौमा हुने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टीको तयारी छ।
विधान महाधिवेशनबाट पारित हुनु अगाबै भण्डारीले आफ्नो ‘प्लान बी’ प्रयोग गर्ने संकेत गरेकी हुन्। उनले नेताहरूलाई ढाढस दिँदै ‘ओलीलाई विधान महाधिवेशनमै तह लगाइन्छ, चिन्ता नगर्नुस्’ भनेको बुधबारको छलफलमा सहभागी ती नेताले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया