फेरि बढ्यो सुनको भाउ : तोलाको ७३ हजार पाँच सय

फेरि आकासियो सुनको भाउ । तस्बिर : फाइल

नेपाली सुन चाँदी बजारमा फेरि एकपटक सुनको भाउले अर्को कीर्तिमान बनाएको छ। सोमबार सुनको भाउ तोलाको एकैपटक एकहजार रुपैयाँ बढेर प्रतितोला ७३ हजार पाँच सय पुगेपछि यो नयाँ कीर्तिमान बनेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको बताइएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय ३० अमेरिकी डलर कायम भएको थियो ।

अमेरिका-चीन  व्यापार टकराव, इरान–अमेरिका विवादलगायतका विषयले शेयरको भाउ ओरादो लागेको छ भने सुनको भाउ उकालो लागेको छ ।

यसैबीच नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ बढेसँगै बजारमा किनबेच भने ७५ प्रतिशत कम भएको बताएको छ । 

 

प्रकाशित मिति: : 2019-08-26 17:38:47

प्रतिकृया दिनुहोस्