गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरू संशकित भएका छन्। तल्लो तहको कर्मचारीको ‘अण्डर’मा बस्नुपर्ने हो कि भनि उनीहरू डराएको अवस्था छ।
गर्भनर बन्नका निम्ति कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिइसकेका छन्। आफ्नो नाम पक्कापक्की भएपछि उनले पद छोडेका हुन्।
तर, डेपुटी गर्भनर निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत गरेकी छैनन्। राजीनामाको विषयमै छलफल गर्न आइतबार राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ।
राष्ट्र बैंक एउटा संवैधानिक निकाय हो। बैंक राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक छ। गर्भनर बन्ने व्यक्ति स्वतन्त्र, मुलुकको अर्थतन्त्रको विषयमा जानकार, बजेट र वित्तिय प्रणालीमा दख्खल हुनुपर्छ।
यतिबेला मुलुक गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। मुलुकको अर्थतन्त्रमाथि मडारिएको कालो बादललाई हटाउन सक्ने गर्भनरको खाँचो छ। सत्तामा रहेका राजनीतिक पार्टीहरूले आफ्नो मान्छे घुसाउनेभन्दा पनि काम गर्न सक्ने व्यक्तिलाई गर्भनर पदमा नियुक्त गर्नुपर्छ।
राष्ट्र बैंकको गभर्नर हुन उपयुक्त पात्र हुन् राष्ट्रपति कार्यालयमा रहेका सचिव रामप्रसाद घिमिरे। उनले अर्थसचिव र राजश्वको सचिव भएर अर्थ मन्त्रालयमा २६ महिना काम गरेका छन्। शाखा अधिकृतदेखि सहसचिवसम्म उनले अर्थमै बिताएका छन्।
अर्थतन्त्रको विषयमा राम्रो जानकारी राख्छन् उनी। अर्थतन्त्रलाई कसरी मजबुत बनाउने, ग्रे लिष्टबाट मुलुकलाई कसरी बाहिर निकाल्नेलगायतका योजना उनीसँग छ। उनले मौद्रिक नीति र वित्तिय नीतिमाथि राम्रो अध्ययन गरेका छन्।
उनीनिकट स्रोत भन्छ, ‘उहाँलाई अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान छ। उहाँले काम गर्न पाउनुभयो भने आर्थिक क्षेत्रमा धेरै सुधार हुने निश्चित छ। तर, के गर्ने यहाँ राजनीतिक गर्भनर नियुक्ति हुन्छ। सरकारले व्यक्ति विशेषभन्दा पनि काम विशेष हेर्नुपर्ने हो।’
अहिलेको आवश्यकता अनुभवी र योग्य गभर्नरको हो। ग्रे लिष्टबाट मुलुकलाई हटाउन राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्य सरकारी निकायबीच राम्रो समन्वय गर्न सक्ने गभर्नरको आवश्यकता छ। त्यस्ता व्यक्ति नियुक्त भएमा मात्र राष्ट्र बैंक र मुलुकको अर्थतन्त्रले गति लिन सक्ने जानकारहरू बताउँछन्।