आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।
महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।