बुधबार, १७ सेप्टेम्बर २०२५

कालाेबजारी गर्ने हजाराैँमध्ये दुई जनालाई पनि कारबाही हुँदैन, कर्मचारी भन्छन् : अनुगमन गर्न पैसा पुगेन

• • •

पछिल्ला कोही सातादेखि नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै छ। पेट्रोलियम पदार्थकाे र डलरकाे भाउ बढेसँगै समग्र सबै उपभाेग्य सामानहरूकाे मूल्यमा वृद्धि भएकाे हाे।

चालु आर्थिक वर्षमा मूल्यवुद्धि साढे ५ प्रतिशतको सीमामा कायम राखिने भनिए पनि अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा ५ महिनामै ७.११ प्रतिशत पुगेको छ। समान्य वस्तुमा समेत भएको मूल्यवृद्धिले सर्वसाधारण मर्कामा पारेका छ। खाद्यन्नदेखि लिएर लत्ताकपडाकाे समेत मूल्यवृद्धिले जनताकाे ढाड सेकिएकाे छ। विशेष गरेर ध्यू, तेल, दाल, गेडागुडीलगायत किराना सामान, शिक्षा, यातायात र सुर्तिजन्य वस्तुको मूल्य अत्याधिक बढेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा केही सामानहरूकाे मूल्यवृद्धि भए पनि नेपालका व्यापारीहरू भने रूस–युक्रेन युद्धका तस्विरहरू देखाएर ग्राहक ठग्ने गरेका छन्। विदेशी मूल्यवृद्धिकाे प्रभाव नेपाली सामान्य मात्रैमा देखिए पनि सबै वस्तु तथा सामानाकाे मूल्यवृद्धि नभएकाे सरकारले बताउँदै आएकाे छ। तर, व्यापारी भने विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठग्ने गरेका छन्।

‘बाहिरी मुलुकबाट आयत हुने केही सामानकाे मूल्यमा सामान्य वृद्धि भए पनि नेपालमा सबै सामानकाे मूल्य बढेकाे छैन,’ वाणिज्य तथा आपूर्ति  उपभाेक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले भने,‘यदि कसैले आफूखुसी मूल्यवृद्धि गरेर सामान बेचिरहेकाे छ भने हामी कारबाही गर्छाेँ।’

तर, व्यापारीलाई भने कुनै प्रवाह छैन, विभिन्न बहाना गरेर ग्राहक ठगिनै रहेका छन्। तथापि, यसरी कालाेबजारी गर्नेलाई कारबाही गर्ने निकाय भने नभएका हाेइनन्। तर, ती निकायले राम्राेसँग काम नगर्दा सर्वसाधारणहरू समस्यामा परेका हुन्।

नेपालका लाखाैँ व्यापारीले सर्वासाधारणलाई ठगिरहँदा कारबाही भने दिनमा १० जनालाई पनि हुँदैन्। काठमाडाैँमा मूल्यवृद्धिविरूद्ध  चर्का आवाज उठिरहेकाे छ। तर, विभागले भने एक महिनामा २ सय पसलहरूमा समेत अनुगमन गर्न सकेकाे छैन।

वाणिज्य तथा आपूर्ति उपभाेक्ता संरक्षण विभागले गत फागुन महिनामा जम्मा १ सय ६० वटा पलस तथा कम्पनीहरूमा अनुगमन गरेकाे बताएकाे छ। जसमा विभिन्न २२ प्रकारका व्यावसाय छन्। खाद्यन्नदेखि लिएर मासु उत्पादक फर्म, फलामे दण्डी उत्पादन कम्पनीहरू अनुगमनकाे दायराम परे।  त्यसमध्ये ६२ पसल तथा व्यावसायी कारबाहीमा परेकाे विभागले जनाएकाे छ।

बजारकाे अवस्था अनुसार सबैतिर अनुगमान गर्न नसकिएकाेले महंगीकाे सिकारमा परे विभागलाई खबर गर्न सकिने प्रवक्ता पंगेनी बताउँछन्।

‘पछिल्लो समय मूल्यवद्धि भएसँगै  विभागले  दैनिक चार/पाँच टोली खटाएर अनुगमन गरेको थियो। जसमा १६० फर्ममा अनुगमन गरियो। जसमा ६२ फर्ममाथि कारर्बाही भयो भने अन्यलाई  सामान्य  निर्दाेशन र चेतावनीका साथ विभागले छाडेको थियो। जसबाट ८ लाख ५० हजार जरिवाना संकलन भएको थियो,’ प्रवक्ता पंगेनीले भने।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८ को साउन महिनादेखि माघसम्म विभागले १ हजार ९ सय ७९ फर्ममा अनुगमन गरिसकेको छ। त्यसमा पनि ९ सय २३ कारर्बाहीको दायरमा परेकाे विभागकाे भनाइ छ। जसबाट विभागले ९७ लाख ५० हजार  जरिवाना संकलन गरेको छ।

हालको मंहङगीले सामान्य नागरिकलाई दैनिक खर्च चलाउन समेत कठिन हुन थालेको छ। बजारको तुलना र अन्य देशको तुलनामा नेपालको  मूल्यवृद्धि अस्वाभाविक हाे।

अनुगमनको सम्ब्धमा विभागले २०७८ मा २०४० फर्म अनुगमन लक्ष्य राखेको थियो। यसमा लगभग विभागले आफनो लक्ष्य पूरा गर्न सक्षम देखिन्छ। तर, बजार अनुगमनको सन्दर्भमा हालकाे बजार अनुगमन  प्राप्त नभएकाे प्रवकता पंगेनी स्वीकार्छन्।

‘बजार अनुगमनमा सीडीयाे, प्रहरी, कर्मचारीलगायत टोली हुन्छ। भने,  प्रतिअनुगनलाई भने २ हजार ४० रूपैयाँ विनियाेजन भएकाे  छ। तर, याे रकम पर्याप्त हुँदैन,’ पंगेनीले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!