नेपाल भर्सेस इन्डिया

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

एसिया कपअन्तर्गत नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।

श्रीलंकास्थित कोपालेके मैदानमा भारतले टस जितेर नेपाललाई ब्याटिङकाे निम्ताे दिएकाे हाे। नेपालले भारतसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालको यो समूह चरणको अन्तिम खेल हो। आजको खेलमा भारतलाई पराजित गर्दै नेपाल सुपर फोरमा पुग्न चाहन्छ।

समूह ‘ए’मा नेपालसहित आयोजक राष्ट्र पाकिस्तान र भारत रहेका छन्। पहिलो खेलमा नेपाललाई सहजै पन्छाएको पाकिस्तान दोस्रो खेल वर्षाको कारण रद्द हुँदा अंक बाँड्दै ३ अंकसहित सुपर फोमा पुगिसकेको छ।

नेपाल आजको खेलमा भारतलाई पराजित गर्न सकेमात्रै सुपर फोरमा पुग्नेछ। अन्यथा, नेपाल अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिनेछ।

शनिबार पाकिस्तानसँग अंक बाँडेको भारत भने आजको प्रतिस्पर्धा जितेमा वा शनिबारको जस्तै खेल रद्द भए पनि सुपर फोरमा पुग्नेछ।

प्रकाशित मिति: : 2023-09-04 14:49:00

प्रतिकृया दिनुहोस्