मोहन वैद्य नेतृत्वको माओवादीले गर्‍यो उपनिर्वाचन बहिस्कार

फाइल तस्बिर

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराए ।

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।

 

प्रकाशित मिति: : 2019-10-21 14:44:51

प्रतिकृया दिनुहोस्