धवलशमशेर राणा अदालतमा उपस्थित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए।
बिएल संवाददाता - काठमाडौं