व्यवस्थाविरुद्ध टाउको उठाउन खोज्नेमाथि ‘सामूहिक प्रहार’ आवश्यक देखियोः आनन्दकुमार श्रेष्ठ
पुरातन राज्यव्यवस्था सञ्चालनको शैलीबाट देश अब अघि नबढ्ने उनको धारणा छ। ‘व्यवस्था परिवर्तनले मात्र सबै कुरा परिवर्तन हुँदैन, त्यसका लागि हाम्रा सकारात्मक प्रयास आवश्यक पर्दछ’, उनले भने। श्रेष्ठले हरेक कुराको नेतृत्व विचारले नै गर्ने बताउँदै विचार नबोकी गन्तव्यमा नपुगिने बताए। बिचार नभएका अराजकहरूले समाजलाई अराजक बनाउने बाहेक अन्य कुनै काम गर्न नसक्ने उनले स्पष्ट पारे। अहिलेको व्यवस्थामा देखिएका सानातिना कमजोरीलाई देखाएर यो व्यवस्थाका विरुद्ध टाउको उठाउन खोज्नेमाथि सामूहिक प्रहार आजको आवश्यकता भएको उनले स्पष्ट पारे। लोकतन्त्रमा प्रश्न उठाउन पाइने बताउँदै उनले निरङ्कुशतामा विचारमाथि समेत प्रतिबन्ध लाग्ने उनको भनाइ छ। दुवै खालको निरङ्कुशताको मारलाई बेहोरेर अहिलेको परिवर्तनमा देश पुगेको श्रेष्ठले बताए। ‘सबै आलोचनाले मानिसलाई कमजोर बनाउँदैन, बलियो पनि बनाउँछ’, उनले भने।
बिएल संवाददाता - रामेछाप