महेश चौलागाईं
                                नेपाल तरुण दल जुम्लाकाे नवगठित कार्यसमिति गैरकानुनी रहेकाे भन्दै अध्यक्षका उम्मेदवारहरूले आपत्ति जनाएका छन्।
निर्वाचन समितिले हेम बुडथापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच जना अध्यक्षका उम्मेदवारले आपत्ति जनाएका हुन्।
नयाँ कार्यसमिति सार्वजनिक भएलगत्तै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्षका पाँच जना उम्मेद्वारले कांग्रेस पदाधिकारीकाे बैठककाे निर्णय विपरित निर्वाचन समितिले गैरकानुनी रुपमा कार्यसमिति सार्वजनिक गरेकाे आराेप लगाएका छन्।
जिल्ला उपसभापति कार्मा बुदाले यो समिति अमान्य रहेको बीएल नेपाली सेवालाई बताए।
अध्यक्षका उम्मेद्वार राजेन्द्र श्रेष्ठले याे समिति खारेज नभए अन्य दल खाेल्ने चेतावनी दिएका छन्। त्यस्तै संजीव रावल, रतनबहादुर शाही, विरेन्द्र शाही र भरतबहादुर शाहीले पनि नयाँ कार्यसमितिको गठनप्रति आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसकाे पदाधिकारी बैठकले अध्यक्षलगायत अन्य पदका आकांक्षीबीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेकाे थियाे।
तर निर्वाचन समितिले हेम बुडथापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे घाेषणा गरेपछि अन्य पाँच अध्यक्षका उम्मेदवारहरूले आपत्ति जनाएका हुन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया