
महेश चौलागाईं
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जुम्ला जिल्ला कार्यसमिति अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मतरूपमा चयन भएका छन्।
हालै सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उपाध्यक्षमा रतनबहादुर र माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, कोषाध्यक्षमा डिल्लीप्रसाद उपाध्याय चयन भएका छन्।
असार ९ गते उद्घाटन गरिएको अधिवेशनमा अध्यक्षसहित विभिन्न पदका लागि आकांक्षी धेरै भएपछि सहमतिका लागि कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष चन्द्र खड्कासहितको तीन सदस्यीय समिति गठन गरिएको थियो।
उक्त समितिले सहमतिको आधारमा पदाधिकारी चयन गरेको हो।
अध्यक्षमा चयन भएपछि बुडथापाले आफ्नो कार्यकालमा संगठनलाई थप सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको सहभागिता बढाउँदै पार्टीको नीति, विचार र सन्देश गाउँगाउँसम्म पुर्याउने बताए।
‘युवाहरू नै देशको भविष्य हुन्, उनीहरूलाई राजनीतिक रूपमा सशक्त बनाउँदै समाज रूपान्तरणमा जोड दिनेछौं,’ उनले भने।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया