बिएल संवाददाता
सरकारका मन्त्रीहरू हेरफेरको चर्चा चलिरहेका बेला मुख्य सत्ता साझेदार पार्टीका दुई शीर्ष नेताहरूले आज भेट्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुनेछ।
नेपाली काँग्रेसभित्रै ओली नेतृत्वको सरकारको कार्यशैलीबारे आलोचना बढिरहेका बेला दुई नेताबीच भेटवार्ता हुन लागेको हो।
दुई शीर्ष नेताबीच सरकारको कामकारबाही, मन्त्रीहरूको हेरफेर तथा विधेयकहरूमा देखिएका विवादलगायतका विषयमा कुराकानी हुने बताइएको छ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेर गर्ने मनसाय व्यक्त गर्दै आएका थिए। तर नेपाली काँग्रेसको आन्तरिक किचलोका कारण देउवाले त्यसलाई स्वीकार गरेका छैनन्।
यद्यपि काँग्रेसकै एक पक्षले भने पार्टीका तर्फबाट सरकारमा सहभागी नेताहरूको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया