बिएल संवाददाता
पार्टीभित्र बलियो मानिएको एक पक्षको भेलाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यमसमेत नरहनेगरी पार्टीबाट हटाएको छ।
पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरहरूले बोलाएको राष्ट्रिय भेलाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्ष पदबाट हटाएको हो। यसअघि उनलाई पार्टीको निर्वाचन तथा अनुशासन आयोगले कारबाही गर्ने भनेको थियो।
रेशम जेलमुक्त भएसँगै श्रीमान-श्रीमती (अध्यक्ष रञ्जिता र रेशम)बीच विवाद सुरु भएको थियो। बीचबीचमा आफूहरू मिलेको बताउँदै आएका उनीहरूका पक्ष र विपक्षमा केन्द्रीय सदस्य र सांसदहरूसमेत बाँडिएका थिए।
अध्यक्षसहित २१ जना केन्द्रीय सदस्यहरू रहेको बधुबारको राष्ट्रिय भेलामा १२ जनामात्रै उपस्थित थिए। रञ्जिताले शनिबार मात्रै केन्द्रीय सदस्यसमेत नरहेक वरिष्ठ नेता शिव बास्तोलालाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्।
बास्तोलाले त्यो भेलाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया