बिएल संवाददाता
पार्टीभित्र बलियो मानिएको एक पक्षको भेलाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यमसमेत नरहनेगरी पार्टीबाट हटाएको छ।
पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरहरूले बोलाएको राष्ट्रिय भेलाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्ष पदबाट हटाएको हो। यसअघि उनलाई पार्टीको निर्वाचन तथा अनुशासन आयोगले कारबाही गर्ने भनेको थियो।
रेशम जेलमुक्त भएसँगै श्रीमान-श्रीमती (अध्यक्ष रञ्जिता र रेशम)बीच विवाद सुरु भएको थियो। बीचबीचमा आफूहरू मिलेको बताउँदै आएका उनीहरूका पक्ष र विपक्षमा केन्द्रीय सदस्य र सांसदहरूसमेत बाँडिएका थिए।
अध्यक्षसहित २१ जना केन्द्रीय सदस्यहरू रहेको बधुबारको राष्ट्रिय भेलामा १२ जनामात्रै उपस्थित थिए। रञ्जिताले शनिबार मात्रै केन्द्रीय सदस्यसमेत नरहेक वरिष्ठ नेता शिव बास्तोलालाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्।
बास्तोलाले त्यो भेलाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया