काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ। पूर्वजनसंख्यामन्त्री तथा २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारि स्रोतले जनाएको छ। लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैँ