बिएल संवाददाता
विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालले आफू राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो।
कुनै व्यक्ति विशेष अवस्थामा अदालतमा नियमित रुपमा उपस्थित हुन नसक्ने भएमा अदालतले वारेशको सुविधा दिन्छ। यद्यपि फौजदारी मुद्दामा भने वारेश अनुमति पाउन कठिन हुने कानुनका जानकारहरू बताउँछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया