बुधबार, ०५ नोभेम्बर २०२५

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदैछन्। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान जान लागेका हुन्।  उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तय भएको छ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘संविधान कार्यान्वयनका प्रभावकारी हुन सके अधिकार खोज्न टाढा जानु पर्दैन’

’नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन।’ तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो’, सभामुखद्धारा जारी सन्देशमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

संविधान तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ। नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले  राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानलाई थप परिस्कृत बनाउँदै जनताको अवस्था बदल्न लाग्नुपर्छ: प्रचण्ड

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ। यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो’, शुभकामना सन्देशमा भनिएको छ।    संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।  संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन्। उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।  यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो।  आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति

समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो। त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नियमसङ्गत चलाएका सहकारीहरूले कसैलाई डुबाउँदैनन्: प्रधानमन्त्री

“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हिंसा’ शब्दकाे विषय नटुङ्गिएसम्म संसद चल्न नदिने प्रचण्डकाे चेतावनी

विराटनगर विमानस्थलमा आज (शनिबार) संचारकर्मीसँग कुराकानीकाे क्रममा अध्यक्ष प्रचण्डले साे चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रुपमा लाग्न आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कृषि सुधारका लागि साढे ९ अर्ब ऋण लिँदै सरकार

सरकारले कृषि सुधारका लागि ९ अर्ब ४५ करोड (५३.४ मिलियन एस.डि.आर) रुपैयाँ बराबर विदेशी ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेको बनायो १८ बुँदे वार्षिक कार्य योजना

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेकपा एमालेले १८ बुँदे वार्षिक कार्य योजना बनाएको छ।  शुक्रबार केन्द्रीय सचिवालयको बैठकले यस्तो कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको सचिवालय बैठक जारी

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशमा को होलान् सिफारिस?

संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ।  बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।  भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो। आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओमा नियुक्त गरेको बताइएको छ। आवेदकहरू ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवमध्ये छानिएका तीन जनाबाट उनलाई क्याबिनेटले निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ