
बिएल संवाददाता
सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भएका कांग्रेसका ‘सात भाइ’हरू भेलाको निर्णय सुनाउन सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
मंगलबार बिहान साढे १० बजे उनीहरू देउवा निवास पुगेका हुन्। सोमबारको चाक्सीबारी भेलाले एमालेसँगको गठबन्धनमा देखिएका समस्या हल गर्दै गठबन्धन ०८४ सम्मै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो।
सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। त्यस्तै पार्टीको आगामी १५औँ महाधिवेशनमा ‘सात भाइ’को एउटै प्यानल प्यानल बनाउनेबारे पनि छलफल भएको थियो।
सोमबार चाक्सीबारीमा भेला भएका पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशाङ्क कोइराला तथा पार्टी केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत बुढानिलकण्ठ पुगेका हुन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया