बिएल संवाददाता
सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भएका कांग्रेसका ‘सात भाइ’हरू भेलाको निर्णय सुनाउन सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
मंगलबार बिहान साढे १० बजे उनीहरू देउवा निवास पुगेका हुन्। सोमबारको चाक्सीबारी भेलाले एमालेसँगको गठबन्धनमा देखिएका समस्या हल गर्दै गठबन्धन ०८४ सम्मै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो।
सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। त्यस्तै पार्टीको आगामी १५औँ महाधिवेशनमा ‘सात भाइ’को एउटै प्यानल प्यानल बनाउनेबारे पनि छलफल भएको थियो।
सोमबार चाक्सीबारीमा भेला भएका पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशाङ्क कोइराला तथा पार्टी केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत बुढानिलकण्ठ पुगेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया