बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बीपीको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताए।
उनले भने, ‘बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशानिर्देशन पनि हो। राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ। बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो। उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो।’
त्यस्तै उनले बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग व्यक्ति भएको धारणा राखे।
‘बीपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग हुनुहुन्थ्यो। जुन अहिले अझ सान्दर्भिक हुन पुगेको छ,’ उनले भने।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया