बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले ४७औं पुष्पलाल स्मृति सप्ताहका अवसरमा बेलबारी-४ स्थित देवीथान सामुदायिक वनमा फलफूलका विरुवा रोपेको छ।
जंगलमा खानेकुराको अभाव हुँदा जंगली जनावर प्रभावित बनेको भन्दै एसले वृक्षारोपण गरेको हो।
जंगली जनावर खानेकुराको अभावमा सडकमा आउँदा दुर्घटनाको जोखिम हुने हुँदा जोखिम कम गर्न जंगलमै फलफूलका विरुवा रोपिएको नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष दिपक ढकालले बताए।
मंगलबार तीन सय फलफूलका विरुवा रोपिएको र आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङका राजमार्गसँग जोडिएका सामुदायिक वनहरूमा थप २७ सय फलफूलका विरुवा रोपिने ढकालले बताए।
वयोवृद्ध कम्युनिस्ट नेता हर्कमान तामाङको प्रमुख आतिथ्यता रहेको वृक्षरोपण कार्यक्रममा प्रदेश अध्यक्ष सरिता खड्का र केन्द्रीय सदस्य सेवन्त राजभन्डारी लगायत प्रदेश कमिटी जिल्ला पदाधिकारी जिल्ला अध्यक्षको पनि उपस्थिति थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया