बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले ४७औं पुष्पलाल स्मृति सप्ताहका अवसरमा बेलबारी-४ स्थित देवीथान सामुदायिक वनमा फलफूलका विरुवा रोपेको छ।
जंगलमा खानेकुराको अभाव हुँदा जंगली जनावर प्रभावित बनेको भन्दै एसले वृक्षारोपण गरेको हो।
जंगली जनावर खानेकुराको अभावमा सडकमा आउँदा दुर्घटनाको जोखिम हुने हुँदा जोखिम कम गर्न जंगलमै फलफूलका विरुवा रोपिएको नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष दिपक ढकालले बताए।
मंगलबार तीन सय फलफूलका विरुवा रोपिएको र आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङका राजमार्गसँग जोडिएका सामुदायिक वनहरूमा थप २७ सय फलफूलका विरुवा रोपिने ढकालले बताए।
वयोवृद्ध कम्युनिस्ट नेता हर्कमान तामाङको प्रमुख आतिथ्यता रहेको वृक्षरोपण कार्यक्रममा प्रदेश अध्यक्ष सरिता खड्का र केन्द्रीय सदस्य सेवन्त राजभन्डारी लगायत प्रदेश कमिटी जिल्ला पदाधिकारी जिल्ला अध्यक्षको पनि उपस्थिति थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया