
बिएल संवाददाता
मुगुको छायाँनाथ रारा नगरपालिकाले बीपी जयन्तीका अवसरमा एक चोकको नाम बीपीको नाममा नामाकरण गरेको छ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकामस्थित ‘गफाडी चौर’को नामले परिचित चोकको नाम ‘बीपी चोक’ नामाकरण गरिएको हो।
नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडिको भाग, कृषि विकास कार्यालय जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडिको भागको खुल्ला स्थानलाई बीपी चोक नामाकरण गरिएको हो।
छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बीपी कोइरालाको सम्मानमा बीपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बीपी चोक नामाकरण गरिएको बताए।
उनका अनुसार गत असार २९ गते बसको १७औँ नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बीपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया