बिएल संवाददाता
मुगुको छायाँनाथ रारा नगरपालिकाले बीपी जयन्तीका अवसरमा एक चोकको नाम बीपीको नाममा नामाकरण गरेको छ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकामस्थित ‘गफाडी चौर’को नामले परिचित चोकको नाम ‘बीपी चोक’ नामाकरण गरिएको हो।
नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडिको भाग, कृषि विकास कार्यालय जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडिको भागको खुल्ला स्थानलाई बीपी चोक नामाकरण गरिएको हो।
छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बीपी कोइरालाको सम्मानमा बीपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बीपी चोक नामाकरण गरिएको बताए।
उनका अनुसार गत असार २९ गते बसको १७औँ नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बीपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया