बुधबार, ०५ नोभेम्बर २०२५

विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन, फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल  र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली आयाे: देउवा

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए। साथीहरूको भावनाअनुसार मैंले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं। सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ। दुई  वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमती भएको छ। साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन। सबैलाई मिलाएर लैजान चाहन्छौं। हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ।  आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन्। केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेपछि उपत्यका नछोड्न सांसद्लाई कांग्रेसको ह्वीप

त्यसमा उनले नैतिकताका आधारमा राजीनामा दिएमा पद अनुकूलको आचरण नगरेको प्रस्ताव संसदेमा पेस गर्ने कांग्रेस–एमालेको तयारी छ। संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ। जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।  संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।  बिहान ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज

‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा ‘विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेश पुगेर प्रचण्डले भने– संविधान रक्षा गर्न जनताको साथ चाहियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश पुगेर संविधानको रक्षा र कार्यान्वयनका लागि जनताको साथ चाहिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

प्रतिनिधिसभा बैठक बस्दै

बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड

सप्तरीको सुरुङ्गा नगरपालिका- २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र बेपत्ता परिवारसहित देशकै लागि खुसीको कुरा हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

अर्थ समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ। सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो।  बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता साझेदार दलहरूको बैठक बस्दै

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै

यसको साथै, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फेरि एउटा संघर्ष आवश्यक: प्रचण्ड

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई अपमान गर्ने कोशिस भइरहेको भन्दै अर्को संघर्षको आवश्यक रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिँदैन: प्रधानमन्त्री

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन: नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक: प्रचण्ड

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठुलो भूमिका खेलेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको १९ बुँदे मागपत्र

शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन अनुरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पलेशालाई कर नकटाइ ६५ लाख पुरस्कार दिने ओलीकाे घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगामी निर्वाचन एक्लै लड्ने एमालेकाे निचोड

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ। बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो। बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो। आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ