बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। च्यासलस्थित केन्द्रीय कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठक कम्तीमा २ दिनसम्म चल्नेछ।
बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आजबाट सुरु भएको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमा छलफल हुनेछ।
विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।
यसअघि पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरिसकेपछि यो केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिनेछ। र आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा ती प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्।
खासगरी अहिले एमालेभित्र विधान संशोधनको विषयलाई निकै चासोका रुपमा हेरिएको छ। संशोधित विधानमा १९ सदस्यीय पदाधिकारी संख्यालाई घटाएर १५ जना बनाउने प्रस्ताव छ। त्यसमा बरिष्ठ उपाध्यक्ष पद रहनेछैन। अध्यक्षसहित महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना हुनेछन्।
त्यस्तै केन्द्रीय कमिटी २५१ सदस्यीय तथा पोलिटब्यूरोमा ८३ सदस्य रहनेछन्।
सचिवालयको व्यवस्था हटाइएको छ भने १५ सदस्यीय पदाधिकारी नै स्थायी कमिटीका रुपमा रहनेछ। त्यस्तै अध्यक्षका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया