बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएकाे छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसाे ३ बजे उनीहरूबीच भेटवार्ता हुन लागेकाे पूर्वराष्ट्रपतिका स्वकीय राजकुमार राईले जानकारी दिए।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।
साेहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।
दुई वर्षअघि नै नविकरण गराएको संगठित सदस्यता केपी ओली र उनीनिकट नेताहरूले भाँजो हालेपछि भण्डारी आफैं सक्रिय बनेकी हुन्। यसअघि आफूनिकट नेताहरूमार्फत अघि बढेकी विद्या अब भने ओलीसँग आमनेसामने हुन लागेकी हुन्।
‘उहाँ (विद्या) अघि बढिसक्नुभयो। अब कसैले रोकेर रोकिन्न। पार्टीकै सिपाही, केन्द्रीय उपाध्यक्षसमेत भइसकेको मान्छेलाई ‘पार्टी चलाउने अनुभव छैन’ भन्नु कतिको जायज हो?’ विद्या निकट एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘उहाँहरू आफ्नै नेतासँग किन यति सारो डराएको? किन हतास? पार्टी ओलीकै पेवा त होइन नि।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया