बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएकाे छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसाे ३ बजे उनीहरूबीच भेटवार्ता हुन लागेकाे पूर्वराष्ट्रपतिका स्वकीय राजकुमार राईले जानकारी दिए।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।
साेहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।
दुई वर्षअघि नै नविकरण गराएको संगठित सदस्यता केपी ओली र उनीनिकट नेताहरूले भाँजो हालेपछि भण्डारी आफैं सक्रिय बनेकी हुन्। यसअघि आफूनिकट नेताहरूमार्फत अघि बढेकी विद्या अब भने ओलीसँग आमनेसामने हुन लागेकी हुन्।
‘उहाँ (विद्या) अघि बढिसक्नुभयो। अब कसैले रोकेर रोकिन्न। पार्टीकै सिपाही, केन्द्रीय उपाध्यक्षसमेत भइसकेको मान्छेलाई ‘पार्टी चलाउने अनुभव छैन’ भन्नु कतिको जायज हो?’ विद्या निकट एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘उहाँहरू आफ्नै नेतासँग किन यति सारो डराएको? किन हतास? पार्टी ओलीकै पेवा त होइन नि।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया