बिएल संवाददाता
रोल्पाको माडी गाउँपालिकामा शैक्षिक सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै चार राजनीतिक दलले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियामा भएको अनियमितता सार्वजनिक गरेका हुन्।
विज्ञप्तिअनुसार माडी गाउँपालिकाले खरिद गरेको शैक्षिक सामग्रीमध्ये एक क्यासियो क्याल्कुलेटरको मूल्य प्रति थान ४ हजार ७५० उल्लेख गरिएको छ। तर, सोही मोडल र क्वालिटीको क्यासियो फुटकर बजारमा ३ हजार २०० मै पाइने प्रमाणसहित दलहरूले दाबी गरेका छन्। केवल एक क्यासियोमा मात्र १ हजार ५५० बढी मूल्यमा खरिद गरिएको देखिएको विज्ञप्तिमा उल्लेख छ।
चारै दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो मूल्य अन्तरले पालिकामा ठूलो आर्थिक अनियमितता भएको पुष्टि हुन्छ।’
यसअघि चार दलले १६ बुँदे मागसहित पालिकासमक्ष ध्यानाकर्षण पत्र बुझाएको र पुनः असार १८ गते भएको छलफलमा छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी गराइएको छ।
तर सो सहमतिअनुसार गठन भएको छानबिन समिति काम सुरु गर्न नपाउँदै पालिका अध्यक्ष र कर्मचारी मिलेमतोमा समितिको कामलाई विषयान्तर गर्दै बेनामी उजुरीमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिई समिति भंग गराएको भन्दै दलहरूले आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अब संवाद र छलफलको बाटो बन्द भएको घोषणा गर्दछौं। हामी स्वयंले प्रमाणसहित अख्तियारमा उजुरी दिई कानुनी लडाइँ सुरु गरेका छौं।’
विज्ञप्तिमा नेपाली कांग्रेस माडी गाउँपालिका सभापति नवराज डाँगी, नेकपा एमाले अध्यक्ष देवप्रसाद डाँगी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष विकास घर्ती मगर र नेपाल कम्युनिष्ट पार्टीका सचिव श्यामबहादुर घर्तीको संयुक्त हस्ताक्षर रहेको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया