बिएल संवाददाता
नेकपा एमालेका पूर्वनेता भीम रावलले केपी ओलीको अतृप्त पद र सत्ता मोहलक्षित व्यंग्य गरेका छन्।
आगामी विधान महाधिवेशनबाट एमालेमा कायम ७० वर्षे प्रावधान हटाउने तयारीपछि रावलले ओलीप्रति व्यंग्य गरेका हुन्।
उनले केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न उनी राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बवरामी भई काम नगरेको समयावधि पनि घटाउन भनेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि?’
भर्खरै सम्पन्न पोलिटब्यूरोमा उमेरहदका विषयमा विवाद भएपछि ओलीले उमेरहद राख्ने भए आफू १४ वर्ष जेल बसेको समय घटाउनुपर्ने जिकिर गरेका थिए। आफू जेल परेको समयमा पार्टीमा सक्रिय हुन नपाएकोले त्यो समय घटाउनुपर्ने भन्दै ओलीले मजाक गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया